जर्मनीको राष्ट्रपतिमा आए वाल्टर, ट्रम्पसँगको सम्बन्ध के होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जर्मनीको राष्ट्रपतिमा आए वाल्टर, ट्रम्पसँगको सम्बन्ध के होला ?

फ्रांक वाल्टर जर्मनीको नयाँ राष्ट्रपसतिमा चयन, अमेरिकासँगको सम्बन्धमा पुनःविचार गर्ने

जर्मनीको राष्ट्रपतिमा आए वाल्टर

सुजाता मिश्र, काठमाडौं

फ्रांक वाल्टर जर्मनीका नयाँ राष्ट्रपसतिमा चयन हुनुभएको छ ।

सोसल डेमोक्राटीक पार्टीका नेता वाल्टर भारी तमका साथ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

६१ वर्षीय वाल्टर यस अघि दुइ पटक गरि करिब ८ वर्ष जर्मनीको विदेश मन्त्री भैसक्नु भएको छ ।

१२६० सदस्य रहेको निर्वाचन मण्डलका ९३१ ले वाल्टरको पक्षमा मतदान गरेका थिए ।

वर्तमान राष्ट्रपति योआखिम गाउकको १८ मार्चमा कार्यकाल सकिए लगत्तै वाल्टरले आफ्नो कार्यभार सम्हानुहुनेछ ।

७७ वर्षिय गाउकले आफ्नो बढ्दो उमेरलाई मध्यनजर गर्दै , पाँच वर्षको आफ्नो दोस्रो कार्यकाललाई बहिस्कार गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपतिको चुनावी समयमा वाल्टरले डोनाल्ड ट्रम्पलाई घृणा फैलाउने व्यक्ति भनी वाशिंगटनसंग चूनौतिपूर्ण सम्बन्ध औल्याउनुभएको थियो ।

उहाँले आफ्नो कार्यकालममा ट्रम्प प्रशासनसँगको सम्बन्धमा पुनःविचार गरिने बताउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);