अमेरिकामा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकामा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु

एजेन्सी, २७ चैत । अमेरिकाको साउथ क्यारोलाइनामा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा पाँच जनाको मृत्यु भएको छ ।

नर्थ क्यारोलाइनाको चार्लोटबाट ४८ किलोमिटर पर साउथ क्यारोलाइनाको रक हिल स्थित घरमा उनीहरुको हत्या गरिएको हो ।

घरभित्र बसिरहेको समयमा अकस्मात पुगेका बन्धुकधारीले एकै परिवारका दुई बालबालिका सहित पाँचजनाको गोली हानेर हत्या गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हनेहरुमा ७० वर्षका डा. रोबर्ट लेस्ली, उहाँकी श्रीमती ६९ वर्षकी बारबरा लेस्ली नातिनातिनी ९ वर्षकी अदा लेस्ली र पाँच वर्षका नोआ लेस्ली तथा ३८ वर्षका कामदार जेम्स लुइस रहेका छन् ।

हत्या गर्ने व्यक्ति फिलिप एडम्स रहेको उनी पूर्व एनएफएल खेलाडी रहेको पनि प्रहरीले बताएको छ । ३२ वर्षका एडम्सले उनीहरुलाई गोली हाने लगत्तै आत्महत्या गरेको बताइएको छ ।

प्रहरीले एडम्सलाई पक्रन प्रयास गरिरहेका बेला उनले बेडरुममै आफूमाथि गोली प्रहार गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);