मलेसियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

मलेसियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

मलेसिया, पुस १६ । रोजगारीका लागि ६ बर्ष अघि मलेसिया पुगेका एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ ।

दोलखा भुसाफेदा गाउपालिका साबिकका वीर बहादुर श्रेष्ठको डिसेम्बर ३० तारिक सुतेकै अबस्थामा मृत्यु भएको हो । । काठमाडौको सुन्धारामा अबस्थित श्रेष्ठ कालिका म्यानपावर प्रालि बाट २०११ देखि रोजगारीको लागि मलेसियाको केलाङ सहरमा पुगेका वीर बहादुरको असामयिक निधन भयपछी परिवारको बिचल्ली भएको छ ।

मलेशियाको केलाङमा रहेको एकोनसेभ लोजिस्टिक कम्पनीमा कार्यरत श्रेष्ठ खाना खाएर साथिहरु सग कुराकानी गरि २९ तारिक बेलुका सुतेको भय पनि बिहान अबेर सम्म नउठेपछि काममा जान कोठाका साथिहरुले उठाउन भनेर जादा उनको मृत्यु भैसकेको जानकारी मलेसियाबाट नेपाली जनप्रगतिशील मञ्चका महासचिव दीपक लिम्बूले दिएका थिए ।

मृत्यु भएको थाहा पाएपछी साथीहरूले कम्पनी र प्रहरीलाई जानकारी दिएको र मृतकको शव हाल पोस्टमार्टमको लागि अस्पतालमा राखिए छ । उनको शव नेपाल पठाउन कम्पनीले आवश्यक प्रक्रिया सुरु गरेको छ । श्रेष्ठको परिवारमा एक छोरि र श्रीमती मात्रै रहेकी छिन ।

ताजा समाचार