पाकिस्तानमा राजनीतिक स्थिरताका लागि बिभिन्न प्रयास | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाकिस्तानमा राजनीतिक स्थिरताका लागि बिभिन्न प्रयास

काठमाडौं, १४ असार । पाकिस्तानमा राजनीतिक स्थिरताका लागि बिभिन्न प्रयासहरु भइरहेका छन् । शासनमा शक्ति केन्द्रहरु र सेनाको दवाव पछि उत्पन्न परिस्थितिका कारण बैधानिक सरकारलाई शासन गर्न अप्ठ्यारो पर्दै आएको छ ।

यस्तो अवस्थामा भ्रष्ट्राचार मुद्धामा मुछिएर प्रधानमन्त्री पदबाट हटेका नवाज सरिफ जस्ताले पनि स्थिरताका लागि चुनाव नै सर्वाेत्तम ठानिरहेका छन् ।

दक्षिण एशियाली राष्ट्रहरुमध्ये सबैभन्दा बढी राजनीतिक अस्थिरता झेल्दै आएको पाकिस्तानमा बैधानिक सरकारभन्दा बढी शक्ति केन्द्र र सेनाको प्रभाव रहँदै आएको छ ।

मानव अधिकारवादीे यही कारण पाकिस्तानमा जनताले लोकतन्त्रको पूर्णअनुुभुति पाउन नसकेको भन्दै आएका छन् । सरकारलाई नियन्त्रण गर्र्दै आएका गुुप्तचर र सेनाका अधिकारीहरुले सरकारलाई सहि ढंगले काम गर्न नदिएपछि स्थिर सरकार संचालनमा समस्या उत्पन्न हुने गरेको एकथरी अधिकारवादीहरुको दावी छ ।

नवाजसरिफ जस्ता नाम चलेको व्यक्तिपनि प्रधानमन्त्री पदबाट हट्नुपरेपछि अन्य नेताका निम्ति सो पद चुनौति बन्नु स्वभाविक हो । सरिफलाई भ्रष्टाचारसँग जोडेर एउटा मुद्धामा सर्बोच्च अदालतले दोषी ठहरायपछि उनी प्रधानमन्त्री पदबाट हट्नुुपरेको थियो ।

नवाज सरिफ प्रधानमन्त्री पदबाट हटेपछि पाकिस्तानमा राजनीतिक अस्थिरताको अवस्था विद्यमान छ । यो अवस्थामा विभिन्न दलका नेता र पूर्वप्रधानमन्त्री सरिफले पनि चुनावका माध्यमबाट देशमा राजनीतिक स्थिरता ल्याउनुपर्नेमा जोड दिएका छन् ।

तर, चुनाव स्वतन्त्र र निश्पक्ष नभएसम्म पाकिस्तानमा लोकतन्त्र फस्टाउन नसक्ने उनीहरुको तर्क छ । पाकिस्तानमा यही २५ जुलाइमा आम चुनाव हुँदैछ । निर्वाचन आयोगले निस्पक्ष चुनाव गराउन सबै प्रयास भइरहेको जनाएको छ ।

दलहरु पनि चुनाव प्रचार प्रशारमा जुटेका छन् । धेरैजसो दल र तिनका नेताहरुले देश र जनतामा समर्पित रहेर काम गर्ने वाचासहित भ्रष्टाचार निर्मुल पार्ने मुद्धा प्राथमिकतामा राखेका छन् । उनीहरुले भाषण पनि यही भ्रटाचार निर्मुल पार्ने भनेरैं ठोक्दै आएका छन् ।

तर चाखलाग्दो कुरा के छ भने आफूलाई वैकल्पिक प्रधानमन्त्री बताउँदै आएका पाकिस्तानका आप–जवाव सरकार पार्टीका प्रमुख नवावअम्बर शाहज्यादाले उनको पार्टीको सरकार बनेमा भ्रष्टाचारमाथि लगाम लगाउनका लागि भ्रष्टाचारलाई नै बैध बनाउने घोषणा गरेका छन् ।

अरु उम्मेदवाहरुले भ्रष्टाचारमाथि प्रतिबन्ध लगाउने कुरा गरिरहँदा शाहज्यादाको योजना भने फरक छ । उनले भ्रष्टाचारलाई कम गर्न भ्रष्टाचारलाई नैं बैध गर्नुुपर्ने योजना आफ्नो चुनावीसभामा बताउँदै आएका छन् । पाकिस्तानमा अहिले यो विषय चर्चाको शिखरमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);