पाकिस्तानमा भारी वर्षाका कारण ८६ जनाको मृत्यु (तस्बिर हेरौं) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पाकिस्तानमा भारी वर्षाका कारण ८६ जनाको मृत्यु (तस्बिर हेरौं)

एजेन्सी, २७ असार । पाकिस्तानमा भारी वर्षा र खराब मौसमका कारण अहिलेसम्म ८६ जनाको मृत्यु भएको छ भने १५१ जना घाइते भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ महिला र ३७ बालबालिका रहेका छन् । मौसमविद्को प्रकोपमा ९७ घर पनि भत्किएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले जनताको सुरक्षाका लागि ठोस व्यवस्था गर्न सम्बन्धित विभागलाई निर्देशन दिएका छन् । समाचार वेबसाइट डनका अनुसार भारतबाट आएको पानीको बहावका कारण पाकिस्तानको सतलज नदीको जलस्तर १६ फिटले बढेको छ ।

विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पाकिस्तानमा ७५ प्रतिशतसम्म बाढीको सम्भावना व्यक्त गरेको छ । जसका कारण १७ वटा भू–उपग्रह र ३६ वटा चेतावनी प्रणालीबाट मौसमको गतिबिधिको अनुगमन भइरहेको छ ।
पञ्जाब र खैबर पख्तुनख्वा सबैभन्दा बढी प्रभावित क्षेत्र हुन्। पञ्जाबमा ५२, खैबर पख्तुनख्वामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);