दक्षिण सुडानमा स्थायी युद्धविरामको सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

दक्षिण सुडानमा स्थायी युद्धविरामको सम्झौता

dakshin sudan

एजेन्सी, १४ असार । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारबीच स्थायी युद्धविरामको सम्झौता भएको छ ।

दक्षिण सुडानका राष्ट्रपति किर र विद्रोहीतर्फका नेता माचारले सुडानका राष्ट्रपति ओमर अल बसिरको उपस्थितिमा स्थायी युद्धबिराम गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विश्वभरका नेताको पटकपटकको दबाबपछि राष्ट्रपति किर र विद्रोही नेता माचारले सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ । विद्रोहीहरूको नेतृत्व गरेका माचार दक्षिण सुडानका पूर्व राष्ट्रपतिसमेत छन् ।

सम्झौतासँगै दक्षिण सुडानमा लामो समयदेखि हुँदै आएको गृहयुद्ध अन्त्य हुने विश्वास गरिएको छ । स्थायी युद्धबिरामको सम्झौता ७२ घण्टामा कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् । सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले स्थायी युद्धविरामको सम्झौतामा सबै पार्टीले हस्ताक्षर गरेको जानकारी दिए । दक्षिण सुडानमा यसअघि पनि यस्ता थुप्रै युद्धबिराम सम्झौता भएका थिए ।

तर ती सम्झौता उल्लंघन हुँदा दक्षिण सुडानमा स्थायी शान्ति कायम हुन सकेको छैन । यस पटक भने विभिन्न चरणमा पटक पटक आन्तरिक तथा वाह्य छलफलपछि सम्झौता भएको बताइएको छ । दक्षिण सुडानमा युद्धका कारण दशौं हजार मारिएका छन् भने लाखौं विस्थापित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);