सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीमा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीमा कोरोना संक्रमण पुष्टि

vice-president-south-sudan

एजेन्सी, ६ जेठ । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रक्षामन्त्री एजेलिना उपराष्ट्रपति माशरकी पत्नी हुन् ।

माशरको उमेर ६० वर्षभन्दा बढी छ । उनमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

माशरका बडीगार्ड र केही सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण सुडानमा २ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);