प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

oli and xinping

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भेटवार्ता भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको विकासमा चीन साझेदार बन्न तयार रहेको बताएका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँग बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा भएको छलफलमा राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न र विकासमा साझेदारी बन्न तयार रहेको बताए ।

छलफलका क्रममा पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति सीले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरे । रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदैछ ।

नेपालले अनुदानमा रेल्वे बनाइदिन आग्रह गरे पनि निर्माणको मोडालिटी भने टुंगिएको छैन । चिनियाँ राष्ट्रपति शीले नेपालले लिएको एक चीन नीतिको प्रशंसासमेत गरे । साथै नेपालको भौगोलिक अखण्डतालाई अक्षुण राख्न चीनको साथ रहने उनको भनाइ छ । दुई नेताबीच चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (ओबर) अन्तरगत अगाडि बढाइने विकासे परियोजना, दुई देशबीचको सम्वन्धबारे पनि छलफल भएको छ ।

नेपालमा स्थायित्व भएको र यो उपयुक्त समय भएको भन्दै सीले दुबैतर्फ अनुकुल समय मिलाएर नेपाल आउने प्रतिबद्धता जनाएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । यस अघि दुई नेताबीच एक्लाएक्लै वार्ता भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);