काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली यति बेला चीन भ्रमणमा छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार दिउँसो उनी चिनियाँ सहर तियानजिन पुगेका हुन् । प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच शनिबार थियानजिनमा भेटवार्ता भएको छ ।
शनिबार भएको दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको वार्तामा प्रधानमन्त्रीले राष्ट्रपति सी जिनफिङसमक्ष असन्तुष्टि व्यक्त गर्दैै लिपुलेक नेपालको भूभाग भएको विषय चीनले बुझ्नुपर्ने बताएका छन् ।
वार्तामा सहभागी एक नेपाली प्रतिनिधिका अनुसार प्रधानमन्त्रीले ऐतिहासिक दस्तावेजहरु र हाम्रा सन्धि सम्झौताले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको राष्ट्रपतिलाई स्मरण गराएका छन् ।
उनले देश भूगोल र जनसंख्याले सानो ठूलो भए पनि सार्वभौमिकताको हिसाबले सबै समान हुने बताएका छन् ।तियानजिन अतिथि गृहमा भएको भेटवार्तामा दुई देशबिच आपसी हितका विषयहरू, द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय सहकार्यबारे छलफल भएको बताइएको छ । उच्च्रीय भेटलाई नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्ला दुई वर्षमा लगातार दोस्रो भेट भएकोमा खुशी पनि व्यक्त गरेका छन् ।




