प्रचण्डको शान विगतको जस्तो रहेन : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

प्रचण्डको शान विगतको जस्तो रहेन : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भइ सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरुसँग आह्वान गर्नुभएको छ ।  काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो ।

उहाँले अब आन्दोलन गर्नुको विकल्प नरहेको बताउनुभयो । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने बताउनुभयो । सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनइदिने कामले मात्रै दलितहरुले अधिका नपाउने उहाँको भनाइ छ ।

आफ्नो शान पहिलाको जस्तो नरहेको उहाँले स्वीकार गर्नुभयो । विगतमा निर्वाचनमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर गएको स्मरण गर्नुभयो ।

अध्यक्ष दाहालले फेरि सेना बनाउनु पर्ने भन्ने कुरा आफूले नभनेको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन जरुरी रहेको बताउनुभयो । चाडपर्व सकिएपछि सडकलाई नै मुख्य रुपमा प्रयोग गरेर अघि बढ्ने उहाँकाे भनाइ छ।

Leave a Reply

ताजा समाचार