पुटिन–सि भेटवार्ताको संकेत के ? ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पुटिन–सि भेटवार्ताको संकेत के ? ( भिडियो रिपोर्ट )

आशिष रेग्मीको \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, चैत्र ९ । सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि पहिलो विदेश गन्तव्य रुसलाई बनाए यो पनि तीन दिन नै । उनले यसबाट रुससँग घनिष्ठ सम्बन्धको सन्देश प्रवाह गरे । विश्वकै ठूलो मुलुक रुस र विश्वकै बढी जनसंख्या भएको चीन दुवै बलियो सम्बन्ध बनाएर बढिरहेका छन् । यसबीच रुसले युक्रेनमाथि हमला ग¥यो । विश्वका सबैजसो शक्तिशाली देशहरुले यसको विरोध गर्दा चीन मौन बस्यो । उसले रुसको तेल कम मूल्यमा खरिद गरेर ठूलो फाइदा लिन सक्यो । भ्रमणका दौरान चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि संयुक्त रुपमा चीन र रुस बहुध्रुवीय विश्व निर्माणमा मिलेर काम गर्ने बताए । विश्वभर लामो समय अमेरिकाको दबदबा रहिआएकोमा पछिल्लो समय विश्व परिस्थितिमा बदलाव आइरहेको छ।

चीन र रुस बहुध्रुवीय विश्व निर्माणमा लागेका छन् । उनीहरु अमेरिकासहित पश्चिमाहरुको प्रभाव बढ्न नदिन विश्वभर सक्रिय भएका छन् । युक्रेन युद्ध समाप्त गर्न चीनले कस्तो प्रयास गर्ला भन्ने चासो भइरहँदा सी चिनफिङ रुस पुग्नुलाई अर्थपूर्ण मानिएको छ। रुसले पनि जतिसक्दो छिटो शान्ति वार्तामा जिम्मेवार रुपमा रहने एजेण्डा राखेको छ । चीनले हालैमात्र साउदी अरब र इरानबीचको तनावपूर्णसम्बन्धमा आइसब्रेक गरेर सहमति निर्माण गरिदिएको छ । चीनको मध्यस्थतामा दुवै देशका अधिकारीहरुले बेइजिङमा हातेमालो गरी कूटनीतिक सम्बन्धलाई पुनः सुरु गरेका छन् । यही सन्देशमार्फत् चीनले युक्रेन संकटको हल गर्ने चाहना व्यक्त गर्दै आएको छ।

चीनको विदेश मामला सम्बन्धि सन्देश आइरहने ग्लोबल टाइम्समा एकजना प्राध्यापक वाङ विनले यदि अमेरिका र पश्चिमाहरु युक्रेन संकटको शान्तिपूर्ण समाधान चाहन्छन् भने चीनको मध्यस्थताको अनुभवलाई विश्वास गरेर उसको नीतिलाई साथ दिनुपर्ने बताएका छन् । चीनको विदेश मन्त्रालयले पनि युक्रेनको समस्या हल गर्न रचनात्मक भूमिकालाई प्रोत्साहित गर्ने बताइसकेको छ । यसबाट पनि चीन युक्रेन मामलामा भूमिका देखाउन खोजिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ रुस पुगेकै दिन जापानका प्रधानमन्त्री फुमियो किसिदा युक्रेन पुगे । उनले त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटे । पश्चिमाहरुसँग नजिक जापानले युक्रेनप्रति सद्भाव मात्र देखाएको छैन सहयोग पनि गर्दै आएको छ । यो आफैमा सन्देश हो । रुसमा चिनियाँ राष्ट्रपति जानु र युक्रेनमा जापानका प्रधानमन्त्री जानु त्यो पनि एकैपटक । यो घटनाले युक्रेनको मामलामा सबै शक्तिहरु आफ्नो स्वार्थ पूरा गर्नमै केन्द्रित रहेको सन्देश प्रवाह भइरहेको छ। चीन रुससँग नजिक रहँदा पश्चिमा र ऊनिकट शक्तिहरु युक्रेनलाई साथ दिइआएका छन् । यसले युक्रेन संकट झन् झन् गहिरिएको छ । शक्तिराष्ट्रहरुबीच नै ठूलो टकराव बढ्ने खतरा छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);