नाइजरको एक विद्यालयमा आगलागी, २० बालबालिकाको जलेर मृत्यु, | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नाइजरको एक विद्यालयमा आगलागी, २० बालबालिकाको जलेर मृत्यु,

एजेन्सी ।  अफ्रिकी मुलुक नाइजरको एक विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको जलेर मृत्यु भएको छ ।

विभिन्न कक्षा कोठामा विद्यार्थीहरु अध्ययनरत रहेकै बेला आगलागी भएको हो । नाइजरको राजधानी नियोमेमा रहेको विद्यालयमा भएको आगलागीमा दर्जनौ विद्यार्थी घाइते भएका छन् ।

आगलागीबाट विद्यालयका सम्पूर्ण कोठा जलेर नष्ट भएका छन् । यसैबीच नाइजरका प्रधानमन्त्री ओहोउमोन्डेउ मोहमदले घटनास्थलको निरीक्षण गरी पीडित परिवारलाई उचित राहत दिने घोषणा गर्नुभएको छ ।

उता अभिभावकहरुले भने विद्यालयका लापरवाहीका कारण आफ्ना बालबालिकाको ज्यान गएको भन्दै सरकारको आलोचना गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);