भारतमा कोरोनाको संक्रमण दर घट्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भारतमा कोरोनाको संक्रमण दर घट्दै

एजेन्सी । भारतमा कोभिड–१९ संक्रमणदर आज पनि ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा सोमबारको तुलनामा संक्रमितको संख्या ३७ हजारले घटेर ३ लाख २९ हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ७६ जनाले ज्यान गुमाएका छन् । संक्रमणदरमा कमी आए पनि ज्यान गुमाउने दर भने खासै घटेको छैन । भारतका कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या हालसम्म २ लाख ५० हजार पुग्न लागेको छ ।

यो पनि पढ्नुहोस

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजारभन्दा बढी संक्रमणमुक्त, पछिल्लो साता कै कम संक्रमित संख्या

आइतबार ४ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै सोमबार ३ लाख ६६ हजारमा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार संक्रमण मुक्त भएका छन् । संक्रमण पुष्टि हुनेको संख्या भन्दा संक्रमण मुक्त हुनेका संख्या बढी देखिनु सुखद लक्षण भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३७ लाख १५ हजार रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङक छ ।

भारतमा हालसम्म संक्रमित हुनेको संख्या २ करोड २६ लाख नाघेको छ । जसमध्ये १ करोड ९० लाख भन्दा बढी संक्रमणमुक्त भईसकेका छन् ।

भारतमा १७ करोड २७ लाख भन्दा बढीलाई कोभिड–१९ विरुद्धको खोप दिईसकिएको छ । भारतले मे १ देखि नै १८ वर्ष भन्दा माथिका सबैलाई खोप लगाउने अभियान थालेको छ ।

आइ.एन.ए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);