सरकारले प्रभावकारी काम नगरी लकडाउन मात्रै गरेको भन्दै अस्ट्रेलियामा विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले प्रभावकारी काम नगरी लकडाउन मात्रै गरेको भन्दै अस्ट्रेलियामा विरोध प्रदर्शन

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिवार सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा आयोजित लकडाउन विरोधी ठूला प्रदर्शनको निन्दा गरेका छन । उनले प्रदर्शनका सहभागीहरूलाई “स्वार्थी तथा स्वयं पराजित व्यक्तिको संज्ञा दिँदै तिनले कोरोना भाइरस फैलाउने जोखिम लिएको बताए ।

मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोना भाइरसको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनु बाहेक अरू कुनै चामत्कारिक उपाय नभएको बताए । न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शन प्रति चर्को असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताए ।

विगत २४ घण्टामा न्यू साउथ वेल्समाको भिड–१९ का कारण थप दुई व्यक्तिको मृत्यू भएको छ। सिड्नीमा भएका प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका थिए। मेल्बर्न र ब्रिस्वेनमा साना प्रदर्शनहरू भए। प्रदर्शनका क्रममा मानिसहरू ‘स्वतन्त्रता’भन्दै सिड्नीको केन्द्रतर्फ अघि बढेका थिए।

विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अस्ट्रेलियामा छ। त्यहाँ अहिलेसम्म १४ प्रतिशत भन्दा कम व्यक्तिले खोप लगाएका छन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);