अस्ट्रेलियामा मुसलधारे वर्षा र बाढीका कारण जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अस्ट्रेलियामा मुसलधारे वर्षा र बाढीका कारण जनजीवन प्रभावित

एजेन्सी, ८ चैत । अस्ट्रेलियाको न्यू साउथ वेल्समा मुसलधारे वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ । लगातार वर्षाका कारण आएको बाढीमा फसेकाहरुको उद्दार समेत गरिएको छ ।

यस्तै न्यू साउथ वेल्सको तल्लो क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको छ । सिड्नीका केही क्षेत्रमा पनि बाढीका असर पर्न सक्ने भन्दै खाली गराइएको छ । सिड्नीको उत्तरी क्षेत्रका कयौँ नागरिकको उद्दार गरिएको छ ।

केही दिनदेखिको अविरल वर्षाले सिड्नी र आसपासका बस्तीका सडक जलमग्न छन् । सिड्नीमा झण्डै ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको बारागम्बा बाँधमा हिजो पानीको मात्रा बढी भएर बाँध बाहिर बग्न थालेपछि त्यस आसपासका बस्तीमा उच्च सतर्क रहन भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);