अस्ट्रेलियाको न्यूसाउथवेल्समा लकडाउन अवधि एक महिना थप | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

अस्ट्रेलियाको न्यूसाउथवेल्समा लकडाउन अवधि एक महिना थप

एजेन्सी । कोरोना संक्रमण नियन्त्रणमा नआएपछि अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लकडाउन अवधि एक महिना थपिएको छ । यसअघि अगष्ट २८ सम्म रहेको लकडाउन आगामी सेप्टेम्बर अन्त्यसम्मका लागि थपिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

लकडाउनबाट राज्यका ‘ग्रेटर सिड्नी’ क्षेत्र बढी प्रभावित हुनेछ । न्युसाउथ वेल्सराज्यमा पछिल्लो २४ घण्टामा ६ सय ४४ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने चारजनाको निधन भएको छ । त्यसैगरी राज्यका अति प्रभावित १२ वटा स्थानीय सरकारी क्षेत्रहरूमा सोमबार मध्यरातबाट लागू हुने गरी राती ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यूको घोषणा गरिएको छ भने राज्यभर मास्क अनिवार्य गरिएको छ ।

डेल्टा भेरियन्टको नयाँ लहर शुरू भएपछि प्रिमियर ग्लेडिज बेरिजिक्लिनले न्यूसाउथवेल्स राज्यमा गत जुन २५ मा पहिलोपटक लकडाउनको घोषणा गरेका थिए । बेरिजिक्लिनले खोपको पहिलो मात्रा लगाएपछि प्रभावकारी रूपमा काम गर्न कमसेकम दुईदेखि तीन हफ्ता समय लाग्ने हुनाले लकडाउन लम्ब्याइएको जानकारी दिएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);