हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको गोली हानी हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको गोली हानी हत्या

एजेन्सी । हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको हत्या भएको छ । बन्दुकधारीहरुलेले निजी निवासमा बसिरहेका राष्ट्रपति मोइजेको हत्या गरेका अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताएका छन् ।

घटनामा प्रथम महिला घाइते भएकी छिन् ।

स्थानीय समय अनुसार बुधबार बिहान १ बजे आक्रमण भएको थियो । स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आक्रमण गरेको जनाइएको छ । आफूलाई डीइए एजेन्ट बताउने समूहका लडाकुले उक्त आक्रमण गरेको अधिकारीले बताएका छन् ।

प्रधानमन्त्री क्लाउडे जोसेफले घटनाको निन्दा गर्दै संयमता अपनाउन हैटीका नागरिकलाई आग्रह गरेका छन् ।

मोइजे हैटीका ४२ औं राष्ट्रपति थिए । आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हाल्दै एक थिए ।

भ्रष्टाचारका अभियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन । उनले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको थियो ।

यसै वर्ष केही अघि राजधानी र देशका अन्य शहरहरूमा पनि मानिसहरूले उनको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शनहरू गरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);