स्वास्थ्य शाखाका कर्मचारीमाथि स्थानीयको आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

स्वास्थ्य शाखाका कर्मचारीमाथि स्थानीयको आक्रमण

जाजरकोट । जाजरकोट जिल्लाको जुनेचाँदी गाउँपालिका कार्यालय मजकोटको स्वास्थ्य शाखाका कर्मचारीमाथि आक्रमण भएको छ । केही स्थानीयहरुले कार्यालय समयमा दिउँसो मदिरा सेवन गरि आएर स्वास्थ्य शाखाका कर्मचारीमाथि हातपात तथा कुटपिट गरका छन् ।

स्वास्थ्य शाखाका सह–संयोजक योगेश्वर बस्नेतमाथि अफिस समयमै कार्यकक्षमा आएर हातपात तथा कुटपिट गरेको स्वास्थ्य शाखाका प्रमुख प्रेम बहादुर शाहीले जानकारी दिए ।

गाउँपालिकाले विज्ञप्ती निकालेर घटनाको भत्र्सना गरेको छ । कुटपिट गर्नेहरु प्रहरीको हिरासतमा रहेका छन् ।

गाउँपालिकाले सुरक्षाको प्रवन्धको व्यवस्था गरिएको र कुटपिट गर्नेहरुलाई कानुनी कार्वाही अगाडि बढाईने जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);