तरुण दल बाँफिकोट अध्यक्षले पालिकाका प्राविधिक कुटे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तरुण दल बाँफिकोट अध्यक्षले पालिकाका प्राविधिक कुटे

सुर्खेत। नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष राजु शाहीले बाँफिकोट गाउँपालिकाका प्राविधिकमाथि कुटपिट गरेका छन् । कार्यालय समयमा, कार्यकक्षमै सव इन्जिनियर दिपक शाहमाथी उनले कुटपिट गरेका हुन् ।गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अघि शाहीले कुटपिट गरेको शाहको आरोप छ । प्राविधिकमाथि कुटपिट हुँदा पनि अध्यक्ष बाँठा मुखदर्शक बनेको भन्दै कर्मचारी आक्रोशित बनेका छन् । कर्मचारीमाथि कुटपिट गर्ने शाहीलाई इलाका प्रहरी कार्यालय बाँफिकोटले नियन्त्रणमा लिएको छ ।

उनलाई थप कारबाहीका लागि जिल्ला पठाउने तयारी भइरहेको प्रहरीले बताएको  छ । आफूमाथि कुटपिट भएपछि पीडित शाहले कारबाहीका लागि निवेदन दिएका छन् । आफू गरेको कामको मूंल्याकन नगरिदिएको भन्दै प्राविधिक शाहमाथि शाहीले कुटपिट गरेको अरु कर्मचारीले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);