निर्मला हत्याकाण्डः बाबु यज्ञराजले डीएनए परीक्षणका लागि रगत दिएको भन्दै आमालाई कुटे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निर्मला हत्याकाण्डः बाबु यज्ञराजले डीएनए परीक्षणका लागि रगत दिएको भन्दै आमालाई कुटे

nirmala aama-buba kutpit

महेन्द्रनगर, २७ पुस । बलात्कारपछि हल्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् ।

सरकारले घोषणा गरको राहत रकम लिन तयार र डीएनए परीक्षणका लागि रगतको नमुना दिएको भन्दै यज्ञराजले बिहीबार कुटपिट गरेको दुर्गादेवीले बताएकी छिन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

भीमदत्त नगरपालिका– २ उल्टाखामास्थित घरमा बिहीबार बिहान खाना बनाइरहेका बेलामा एक्कासी आएर यज्ञराजले कुटपिट गरेको दुर्गादेवीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुवै छोरी स्कुल गएका थिए, यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गर्यो ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);