मदिरा सेवन गरेर प्रहरीद्धारा क्वारेन्टाइनमै कुटपिट (भिडियाे सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मदिरा सेवन गरेर प्रहरीद्धारा क्वारेन्टाइनमै कुटपिट (भिडियाे सहित)

सप्तरी, १४ जेठ ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित उच्च माविको क्वारेन्टाइनमा तनाव भएको छ । मंगलबार मध्यराति प्रहरीको एक टोली क्वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले नाराबाजी गरेका छन् । उनीहरुले प्रहरी ज्यादतीविरुद्ध भोक हड्तालमा बसेका छन्।

स्थानीय बरसाइन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक संजय सिंह नेतृत्वको प्रहरी टोलीले मध्यरातमा आइ क्वारेन्टाइनमा रहेकालाई कुटपिट गरेको आरोप छ । यो क्वारेन्टाइनमा १० जना महिलासहित ७३ जना छन् ।

मध्यरातमा प्रहरीले कोठा कोठामा छिरेर अभद्र व्यवाहार गर्दै कुटपिट गरेको अनु कुमारीले बताइन् । क्वारेन्टाइनमै रहेका पीडितले भने, ’मदिरा सेवन गरेर आएका प्रहरीले बिनाकारण कुटपिट गरे ।’ क्वारेन्टाइनका इन्चार्ज सन्तोषकुमार सिंहले पनि राति प्रहरी प्रवेश गरी कुटपिट गरेको बताएका छन् । पीडितहरुका अनुसार प्रहरीले यहाँ भारतीय छौं  निस्केर जाओ भन्दै कुटपिट गरेका थिए ।

क्वारेन्टाइनमा तनाव भएपछि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय राजविराजबाट डिएसपी तिलक भारती यहाँ पुगेका छन र कुटपिट भएको छैन समान्य वादविवाद भएको स्विकारेका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);