एनआईसी एशियाका कर्मचारीमाथि कुटपिट, सिविफिनले जनायो आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एनआईसी एशियाका कर्मचारीमाथि कुटपिट, सिविफिनले जनायो आपत्ति

काठमाडौं, ३ चैत्र । बिहीबार एनआईसी एशियाका कर्मचारी कुटिएकोमा बैंक तथा वित्तीय संस्था परिसंघले आपत्ति जनाएको छ । म्याग्दी शाखाका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आले कुटिएको भन्दै संस्थाले एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो ।

एनआईसी एशिया म्याग्दी शाखाका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि साघांतिक आक्रमण भएको थियो । ‘चैत २ गते याग्दी जिल्लाको एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजितरूपमा गरिएको सांघातिक आक्रमणप्रति सिविफिन घोर भर्त्सना गर्दछ ।’–जारी विज्ञप्तिमा भनिएको छ ।

सिविफिनले जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतीको श्रृंखला ज्यान लिने स्थितिसम्म पुगेको भन्दै घटनामा संलग्न दोषीहरूलाई हदैसम्मको कारबाही गर्न समेत सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष माग गरेको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);