जसपाका यी १८ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जसपाका यी १८ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदै

ललितपुर । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । जसपा यादव पक्षले आइतबार बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन् । उनलाई जसपा यादव पक्षका १८ सांसदहरुले विश्वासको मत दिने भएका छन् । पार्टीको आजको बसेको संसदीय दलको बैठकमा उपस्थित १९ जना सांसदहरुमध्ये १८ जनाले देउवालाई विश्वासको मत दिने लागेका हुन् । बैठकमा उपस्थितमध्ये एक राष्ट्रिय सभा सदस्य हुन् ।

देउवालाई प्रधानमन्त्री बनाउन जसपा यादव पक्षका १२ सांसदले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका थिए । तर केपी शर्मा ओली सरकार ढलेपछि ओली पक्षमा लागेका जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका ६सांसद यादव पक्षतिर लागेपछि जसपाबाट विश्वासको मत दिने सांसद संख्या १८ पुगेको हो ।
यी हुन् देउवालाई विश्वासको मत दिने जसपाको सांसदहरु :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);