प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८३, मंगलबार

प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले सत्ता साझेदार काँग्रेस, एमाले, अशोक राइ नेतृत्वको जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको समर्थन पाउने निश्चित छ ।

काँग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुनु भएका एमाले अध्यक्ष ओलीले अन्य साना दलहरुलाई समेत समेटेर प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको हो । जनमत पार्टीले ओलीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

कांग्रेस र एमालेबीच भएको साझेदारीमा मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले प्रधानमन्त्रीलाई विश्वातको मत दिने निर्णय गरिएको हो ।यसैगरी उपेन्द्र यादव नेतृत्वपको जनता समाजवादी पार्टी जसपानेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।

तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि निश्वासको मत नदिने निर्णय गरेको छ । कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त हुनु भएको हो ।

संविधानको धारा ७६(२) बमोजिम ओली प्रधानमन्त्री नियुक्त भएपछि नियुक्ति उल्ट्याउन माग गर्दै त्यही दिन सर्वोच्चमा रिट परेको थियो । प्रधानमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएकै दिन ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । ०००

Leave a Reply

ताजा समाचार