आजको देशभर मौसमको अवस्था कहाँ कस्तो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

आजको देशभर मौसमको अवस्था कहाँ कस्तो ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

हाल देशको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

अहिले देशभर पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहेकोछ । वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग हावाहुरी र सहित वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देश पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले  आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);