देशभरका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देशभरका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

हाल देशको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

अहिले देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज देशका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र त्यसबाट सृजना हुन सक्ने संभावित असरहरुबाट बच्नका लागि साथै पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);