आज देशभरकाे मौसम कस्तो रहला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज देशभरकाे मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका स्थानमा आंशिक तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने ।

हाल देशको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक/दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन , चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र सो बाट सृजना हुन सक्ने संभावित असरहरु वाट बच्नका लागि साथै पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);