मधेस आन्दोलनका १ सय २० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

मधेस आन्दोलनका १ सय २० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले जनता समाजवादी पार्टीका कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता लिएको छ । मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु जानकारी दिन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मधेस आन्दोलनका क्रमका विभिन्न १५ वटा मुद्दामा संलग्न १ सय २० जनाको मुद्दा फिर्ता लिने निर्णय सरकारले गरेको जानकारी दिएका हुन् ।

मन्त्री गुरुङले नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी फौजदारी निर्देशिका २०७७ बमोजिम विभिन्न १५ वटा मुद्दाहरुसंग संलग्न १ सय २० जनाको मुद्दा फिर्ता लिईएको जानकारी दिए ।

सो निर्देशिका अनुसार सरकारले विभिन्न समयमा सरकार वादी भएका मुद्दाहरु फिर्ता लिने गरेको र हाल जनता समाजवादी पार्टीसंग सम्बन्धीत मधेस आन्दोलनका मुद्दाहरु फिर्ता लिने काम भएको पनि उनले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);