देशका केही स्थानमा चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

देशका केही स्थानमा चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

हाल देशभर पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक बिकशित भएको न्यून चापीय स्थान तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको छ।

अहिले देशकाे प्रदेश १, प्रदेश २ तथा पहाडी भूभागका केहि स्थानहरुमा  सामान्य देखि पूर्ण बदली  र बाँकी भूभागहरुमा  आंशिक बदली  भइरहेको छ।  ।

आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली  र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आजराती देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली  र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देश पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले  आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);