हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य  बदली रहने छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।

हाल बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो  प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

त्यसैगरी आज राति पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

हाडी भूभागका एक दुइ स्थानमा स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);