मौसम सामान्यतया सफा रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मौसम सामान्यतया सफा रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुकोसमेत प्रभाव रहेको छ ।

अहिले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ ।

आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);