आज देशभरको मौसम पूर्वानुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी/पूर्वी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले देशका केहि पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ अन्य स्थानहरू सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १/ २ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);