बैतडीको रिममा पानीको समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बैतडीको रिममा पानीको समस्या

पाण्डव पुजारा चैत १०, बैतडी ।
बैतडी जिल्लाको रिम गाविस पानीको मुहान भएपनि पानीको समस्या भएको छ । पानीको मुहान र पाईपहरु अव्यवस्थित रुपमा विछ्याईदा पानीको समस्या भएको हो । रिम गाविसको वडा नं १ कफलडामा अवस्थित पानीको मुहानमा अव्यवस्थित रुपमा छाडीएका पशुचौपायाहरुले

बैतडीको रिममा पानीको समस्या

 

 

पाण्डव पुजारा चैत १०, बैतडी । बैतडी जिल्लाको रिम गाविस पानीको मुहान भएपनि पानीको समस्या भएको छ । पानीको मुहान र पाईपहरु अव्यवस्थित रुपमा विछ्याईदा पानीको समस्या भएको हो । रिम गाविसको वडा नं १ कफलडामा अवस्थित पानीको मुहानमा अव्यवस्थित रुपमा छाडीएका पशुचौपायाहरुले मुहानमै पानी पिउने गरेको छ । पाईपहरुमा प्वाल परेको तथा जताततै काटेर फालेको अवस्था छ । पानीको समस्या हुँदा घोरडी, कफलडा र सित्तड गाविसका मानिसहरु कुवाको पानी पिउन बाध्य छन् । रिम गाविस वडा नं १ घोरडीकी स्थानिय दिपु कार्कीले पानीको साह्रै समस्या भएको बताईन् । उनले पानी ल्याउनका लागी करिब ४५ मिनेट लाग्ने बताईन् । रिम गाविस वडा नं १ घोरडीकी स्थानिय पुष्पा जोशीले धारामा पानी आउन छाडेपनि कुवाको पानी पिउने गरेको वताईन् ।

 

साथै उनले घर आसपास पानी नहुँदा टाढा जानु परेको दुखेसो व्यक्त गरिन् । रिम गाविसका स्थानिय लक्ष्मिदत्त जोशीले २०५४ सालमा गाविसको ५५ हजार सहयोगमा पानी वितरण गरिएको बताए । पानी वितरण पछि दुई तिन बर्ष सम्म पानी सहज रुपमा वितरण भए पनि त्यसपछिका दिनहरुमा पानीको भएको बताए । यदि पाईपहरु सहितरिकाले विछ्याएको भए समस्या हुन्थेन उनले भने तर पाईपहरु जमिनमाथि देखा परेकाले काटिदा पानी खेर गएको बताए । साथै उनले सरकारी लगानीको बेवास्ता भएको बताए । बैतडीको रिम र सित्तड गाविस मात्र होईन जिल्लाका अन्य गाविसहरुमा पानी नहुदाँ यहाँका जनताहरु कुवाको पानी पिउन बाध्य छन् । पानीको व्यवस्थापन गर्नका लागी स्थानिय वासी तथा विभिन्न निकायहरुले ध्यान दिन सके त्यहाँका जनताले कुवाको पानी पिउनुपर्थे की ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);