ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यू

खम्म खत्री ९ चैत्र, अछाम ।
मंगलबार बेलुकी अछामको ठुलासेनवाट सदरमुकाम मंगलसेन आउदै गरेको ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । ठूलासेनमा भएको ट्रयाक्टर दुर्घटनामा परी दैलेख चामुण्डा–७ घरभई मंगलसेनमा होटल गरी बस्ने २९ बर्षीय तपेन्द्र शाहीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । बेलुकीतिर ठूलासैन नजिक सडक

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यू

 

 

खम्म खत्री ९ चैत्र, अछाम । मंगलबार बेलुकी अछामको ठुलासेनवाट सदरमुकाम मंगलसेन आउदै गरेको ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । ठूलासेनमा भएको ट्रयाक्टर दुर्घटनामा परी दैलेख चामुण्डा–७ घरभई मंगलसेनमा होटल गरी बस्ने २९ बर्षीय तपेन्द्र शाहीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । बेलुकीतिर ठूलासैन नजिक सडक किनाराको कल्भर्ट भित्र शाहीको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

 

ट्रयाक्टरको मेसिन र ट्रालिको बीचमा उभिएर मंगलसैनतर्फ फर्किदै गरेको अवस्थामा शाही ट्रयाक्टरबाट खसेर च्यापिएपछि चालकले शवलाई कल्भर्ट भित्र फालेर फरार भएको स्थानीयले बताएका छन् । लु ३ त ४१७१ नम्बरको ट्रयाक्टरबाट उक्त घट्ना भएको र चालक ट्रयाक्टर बजारमा छोडेर फरार रहेको निमित्त प्रहरी प्रमुख महेन्द्र कलौनीले जानकारी दिए । उनले ट्रयाक्टर र सहचालक प्रहरीले नियन्त्रणमा लिएको र चाकलको खोजीकार्य जारी राखेकोसमेत जानकारी दिए । चालक फेलापरे पछि मात्र घट्ना बारे एकिन हुने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);