वझाङमा केन्द्राअध्यक्ष र सुरक्षाक्रर्मी बिरुद स्थानियले गरे नारावाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वझाङमा केन्द्राअध्यक्ष र सुरक्षाक्रर्मी बिरुद स्थानियले गरे नारावाजी

ललित सिहं, ९ चैत्र बझाङ ।
एसईइ परिक्षामा परिक्षार्थीलाई चिटचोराउने भन्दै शिक्षकले पैसा असुल गरेका छन । परिक्षा केन्द्रमै स्थानियले नारावाजी र खबदारी समेत गरेका छन । जिल्लाका दक्षिणी भेगका शिक्षोदय उमाबि,महाँदेव उमाबि,थलारा उमाबि,भैरब उमाबि, महांदेब उमाबि लगाएत १८ केन्दमा संञ्चालन भईरहेको एसइइ परिक्षा केन्द्रमा शिक्षकले चिट दिने भन्दै बिद्यार्थी अभिभाबक बाट रकम असुली गर्ने गरेका हुन । शिक्षकलाई पैसा दिएर पनि केन्दाअध्यक्ष र

वझाङमा केन्द्राअध्यक्ष र सुरक्षाक्रर्मी बिरुद स्थानियले गरे नारावाजी

ललित सिहं, ९ चैत्र बझाङ ।
एसईइ परिक्षामा परिक्षार्थीलाई चिटचोराउने भन्दै  शिक्षकले पैसा असुल गरेका छन । परिक्षा केन्द्रमै स्थानियले नारावाजी र खबदारी समेत गरेका छन । जिल्लाका दक्षिणी भेगका शिक्षोदय उमाबि,महाँदेव उमाबि,थलारा उमाबि,भैरब उमाबि, महांदेब उमाबि लगाएत १८ केन्दमा संञ्चालन भईरहेको  एसइइ परिक्षा केन्द्रमा शिक्षकले चिट दिने भन्दै  बिद्यार्थी अभिभाबक बाट रकम असुली गर्ने गरेका हुन । शिक्षकलाई पैसा दिएर पनि केन्दाअध्यक्ष र सुरक्षार्कमीले चिट चोराउन नदिएको भन्दै स्थानियले  नारवाजि र खबदारी गरेका हुन ।

शिक्षकले गणित,अंग्रेजि र बिज्ञान बिषयको बिद्याथीलाई चिट चोराउने र प्रश्न पत्र आउट गर्ने भनेर तोकिएको परिक्षा केन्द्रमा निरक्षक बस्ने बितिकै बिद्यार्थी र अभिभाबक बाट पैसा असुल गर्ने गरेको  स्थानिय मकर धामीले बताए । यस्तै परीक्षामा प्रहरीले गार्डलाई पिटेको र परीक्षामा काखा पाखा गरेको भन्दै परीक्षा सकियपछि  केहि समय तनाब सीर्जना भएको थिया । तर यता प्रहरी सायक निरीक्षक दानसिङ धामीले भने यो अनावस्यक कुरा भएको चिट् बाहिर दिईरहेको समयमा चिट थुत्दा यसरी प्रहरीलाई आरोप लगाएको बताए ।

परिक्षाको समयमा निरिक्षक बस्ने शिक्षक र प्रश्न पत्रको उतर बाहिरै बसेर लेख्ने शिक्षकले १० देखि २० हजार सम्म कमाई गर्ने गरेको नाम नखुलाउने सर्तमा १ जना अभिभाबकले बताए ।  परिक्षामा प्रश्न पत्र बाहिर ल्याई दिने भनेर निरिक्षक बसेका गाउँकै एक शिक्षकले बिहान १ हजार रुपैया लिएका थिए प्रश्न पत्र बाहिर पनि ल्याएर दिदै गरेको अबस्थामा  प्रहरी खोसेर शिक्षकलाई गालामा थपड हाने पछि स्थानियले कडाई गर्ने केन्द्रअध्यक्ष र सुक्षामा खटिएका प्रमुख लगाएत सुरक्षार्कमी बिरुद नाराबाजि र चेतावनी दिनु परेको अभिभावक  प्रताव कुबरले बताए ।साथै आउने दिनमा एस्ता कार्य नगर्नु र यस्तो कार्य गर्ने जो कोहिलाई कार्बाहि गर्ने बताउनुभयो ।

उनले भने शिक्षकले बिद्यालयमा पठाउनुको साँट्टो राजनिति गर्छन परिक्षामा चिट बनाउन पैसा लिन्छन आफना दुई छोराले एसइइ परिक्षा दिई रहेका छन राम्रो अंकल्याए राम्रो बिद्यालयमा पढाउन पाईन्छ भनेर शिक्षकलाई चिट बनाउन पैसा दिनु परेको हो ।

परिक्षा हलमा निकै बिभेद छ शिक्षको नजिक हुनेलाई शिक्षकले सघाउने गरेका छन नचिनेको बिद्यार्थीलाई अप्ठायारो  गर्ने गरेको भैरब उमाबिकी परिक्षार्थी कल्पना बोहराले बताए ।उनले भने कसले कसलाई पैसा दिए मलाई थाहा छैन ।

गणित बिषयको दिन प्रश्न पत्र बाहिर दिने उतर पुस्तीका ल्याउने शिक्षकलाई बिज्ञान बिषयको दिन परिक्षा हलमा प्रबेश निशेध गरेको थिए
बिज्ञान बिषयमा भुमीनाथ प्राबिका शिक्षक लाल बहादु ढाट प्रश्न पत्र दिन खोज्यको समयमा प्रहरीले पक्राउ गरे पछि आबशयक काबार्हि गरेको शिक्षोदय उमाबिका केन्दाअध्यक्ष गोपाल सिङ सार्किले बताए ।

उनले भने म परिक्षा मर्यादित बनाउन खोजिरहेको छु स्थानियले परिक्षा बिथोलन खोज्यका छन ।शिक्षकले कक्षा कोठामा पढाउने हो चिट चोराउने हैन ।परिक्षामा गलत गर्ने जोसुकैलाई पनि कार्बाहि हुन्छ उहाँले बताउनुभयो । सदरमुकाम चैनपुर देखि बिकट ग्रामीण भेगमा संचालन गरिएका बिभिन्न१८ परिक्षा केन्द्रमा गाणित,बिज्ञान र अंग्रेजि बिषमा समन्धित बिषयका शिक्षक र अभिभावक मिलेर परिक्षामा चिट चारोराउने गरेका छन यस बिषयमा जिल्ला शिक्षा कार्यालय बझाङ्ग जिल्ला शिक्षा अधिकारीले भने गलत गर्ने जोसुकैलाई पनि े कार्बाहि गर्ने बताएका छन ।तर अहिले सम्म भने जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिहं कानमा तेल हाले जस्तै मौन बसेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);