परीक्षामा चिट चोर्न नपाएपछि प्रहरीमाथि राति ढुंगामुडा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

परीक्षामा चिट चोर्न नपाएपछि प्रहरीमाथि राति ढुंगामुडा

cheat

मुगु, १४ चैत । एसईई परीक्षामा चिट चोर्न नपाएको झोकमा परीक्षमा सामेल विद्यार्थी र स्थानीय व्यक्तिले सोमबार परीक्षाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरेका छन् ।

सोमबार सञ्चालन भएको एसईई परीक्षाको गाणित विषयमा प्रहरीले चिट चोर्न नदिएको झोकमा प्रभात मावि रोवा केन्द्रको परीक्षा सुरक्षामा खटिएका प्रहरीमाथि राति ८ बजे सुतिरहेको बेला स्थानीयले आक्रमण गरेका हुन् ।

परीक्षा समयभर शान्तिपूर्ण तरिकाले सञ्चालन भएको भए पनि प्रहरीले चिट चोर्न नदिएको भन्दै परीक्षा केन्द्रको हाताभित्र उत्तरपुस्तिका र प्रशासन सुरक्षाका लागि बसेका प्रहरीमाथि साँझ ८ बजे केही परीक्षार्थी र स्थानीयले प्रहरी पोस्टमाथि ढुगामुडा गरेका थिए ।

प्रहरीमाथि हानेको ढुंगा लागेर प्रहरी हवल्दार अर्जुनकुमार डाँगी घाइते भएका छन् । समाचारमा लेखिएको छ, डाँगीको जिल्ला अस्पतालमा उपचार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ १२ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);