डाक्टर पढ्न डिभाइसबाट यसरी चिट चोर्छन विद्यार्थी | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

काठमडाौँ, २९ असोज । एमबीबीएस प्रवेश परीक्षामा सिमकार्डयुक्त अत्याधुनिक इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेर चिट चोर्ने चार विद्यार्थी पक्राउ परेका छन् । तीन विद्यार्थीलाई बौद्धस्थित परीक्षा केन्द्रबाट र एक जनालाई तीनकुनेबाट पक्राउ गरिएको हो।

चिट चोर्न डिभाइस उपलब्ध गराउने गिरोहका अन्य पाँच जना, नक्कली परीक्षार्थी बनेर जाँच दिइरहेका एक र नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। गिरोहका सदस्यले दुई देखि पाँच लाख रुपैयाँसम्म लिएर चिट चोर्ने डिभाइस विद्यार्थीलाई उपलब्ध गराएका थिए।

यस्तो डिभाइसमार्फत चिट चोर्न परीक्षार्थीले यस्तो टिसर्ट लगाएका हुन्छन्, जसमा सलाईको बट्टा आकारको सिमकार्डयुक्त डिभाइस सिलाएर राखिएको हुन्छ। उक्त डिभाइसबाट निस्केको तार कपडाभित्र सिलाउँदै कुमनेर पुर्याइन्छ।

तारको टुप्पोमा भएको एअरफोन आकारको यन्त्रले कानभित्र रहेको अत्यन्त सानो आकारको वायरलेस एअरफोनमा आवाज पुर्याउन मद्दत गर्छ । आजको कान्तिपुर दैनिकमा खबर छ।