रकम घोटलाको आरोप लागेका गोपाल खड्का मन्त्रालय तानिँदै, यस्तो छ तयारी | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

काठमाडौं, २८ असोज । इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तान्न प्रक्रिया अघि बढाएको छ।

खड्कालाई निगममै राख्दा थप क्षति हुने ठहर गर्दै सरकारले मन्त्रालयमा हाजिर गराउन निर्वाचन आयोगसँग अनुमति मागेको छ ।डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेका खड्कालाई मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण नसोधी बर्खास्त गरेको थियो। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि खड्का निगम फर्किएका थिए।

निर्वाचन आचारसंहिता लागेकाले खड्कालाई मन्त्रालयमा हाजिर गराउन आयोगमा अनुमतिका लागि पत्राचार गरिएको छ। अनियमितता पुष्टि भएकाले खड्कालाई निगमको भूमिकाबाट बाहिर राख्न लागिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए। नागरिक दैनिकमा खबर छ।

ताजा समाचार