काठमाडौँ, १ कार्तिक । निर्वाचन आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपुर्ति मन्त्रालयमा तान्न सहमति दिएको छ।
आयोगको सहमतिपछि ईन्धन भण्डारणका लागि जग्गा खरिदमा करिव डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेका खड्कालाई मन्त्रालय तान्ने बाटो खुलेको हो।
खड्कालाई मन्त्रालय झिकाउन आयोगको आचारसंहितासंग सम्बन्धित बैठकले सहमति दिने निर्णय गरेको हो, विज्ञप्तीमा लेखिएको छ। आजको नागरिक दैनिकमा खबर छ।




