रौतहटमा ट्रयाक्टर दुर्घटनामा परी २ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रौतहटमा ट्रयाक्टर दुर्घटनामा परी २ को मृत्यु

रौतहट । रौतहटमा ट्रयाक्टर दुघर्टनामा परी दुईजनाको मृत्यु भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका–४ स्थित लालबकैया नदीको बाँधमा सोमबार मध्य राति ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही नगरपालिकाका ट्रयाक्टर चालक २० वर्षीय कोविन्द्र पटेर र वडा नं. ३ का १९ वर्षीय गोविन्द पटेल रहेको प्रहरीले जनाएको छ ।

ना ४ त १५०७ नम्बरको ट्रयाक्टर दुघर्टना हुँदा दुबैका घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका दुई जनाको भने वीरगञ्जस्थित नेशनल मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);