ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, २५ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, २५ घाइते

tracktor durghatana

अछाम, ७ कात्तिक । अछामको सदरमुकाम मंगलसेनमा ट्रक्याटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार सदरमुकाम मंगलसेनको सिर्जना चोक नजिकै लु ३ त ५१०१ नम्बरको ट्रयाक्टर दुर्घटनामा परि १ जनाको मुत्यु भएको हो ।

ट्रयाक्टर दुर्घटनामा परी २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृतकको भने सनाखत हुन सकेको छैन ।

बान्नीगढी जयगढ गाउँपालिकाको तिमिल्सैनमा कोजाग्रत पूर्णिमाको दिन लाग्ने मेला हेर्नका लागि जाँदै गर्दा ट्र्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);