अक्षेश्वर महाविहारमा बुद्धको अस्तु धातु प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

अक्षेश्वर महाविहारमा बुद्धको अस्तु धातु प्रदर्शन

buddha ko astu dhatu

ललितपुर, ७ कात्तिक । ललितपुरको अक्षेश्वर महाविहारमा बुद्धको अस्तु धातुको प्रदर्शन गरिएको छ । हरेक वर्ष आजको दिन गौतम बुद्धको अस्तु धातु सर्वसाधारणको दर्शनको लागि राखिने गरिन्छ ।

अक्षेश्वर महाविहारमा रहेको बुद्धको अस्तु धातु श्रीलंका सरकारले सन् १९९६ मा उपलब्ध गराएको हो । बुद्धका मृत अस्थिबाट कपाल, रगत र हाडका टुक्रा निकालिएको थियो । यसलाई विश्वभरि छरिएर रहेका महत्वपूर्ण चैत्य र बिहारहरुमा राखिएको छ । अक्षेश्वर महाविहारमा रहेको अस्तु धातु बुद्धको रगतबाट बनेको हो भन्ने गरिन्छ ।

कोजाग्रत पूर्णिमाको दिनलाई बौद्ध धर्म सम्प्रदायमा बुद्धले आफ्नी आमा मायादेवीलाई तुषित भुवनस्थित स्वर्गलोकमा धर्मको देशना गरेर धर्तीमा संकाश्य नगरमा फिर्ता भएको मान्यता छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);