कास्कीमा खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

कास्कीमा खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु

mirtu

कास्की । कास्कीमा खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ की ४० वर्षीया लिलादेवी परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टुसे निवासी परियारलाई गए राति करिब ८ः३० बजेको समयमा खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिनुभयो । महिलाको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।

प्रहरी चौकी घाचोकबाट गएको प्रहरी टोलीले महिलाको शव खोलाबाट बाहिर निकालेको र मुचुल्का कार्य आज गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । केही दिनदेखिको लगातारको अविरल वर्षाले जिल्लाका विभिन्न नदीमा पानीको सतह बढेको छ । पहिरोका कारण ग्रामीण सडकहरु अवरुद्ध बनेको बताइन्छ । वर्षा का कारण कास्कीका विभिन्न ठाउमा पहिरो गएको छ ।

जिल्ला प्रशासन कार्यालयले पनि मंगलबार सूचना जारी गरी जिल्लाका सेती, मर्दी, मादी, सार्दी, विजयपुर, हर्पनलगायतका नदीमा पानीको बहाव उच्च हुनसक्ने भएकाले नदी किनारमा बाढी, डुबान हुने तथा भिरालो र जोखिमयुक्त क्षेत्रमा पहिरो जान सक्ने हुँदा सचेत र सतर्क रहन अनुरोध गरेको छ ।

विपद्जन्य घटनाको उच्च जोखिम भएमा वा कुनै अप्रिय घटना घटेमा प्रशासनलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);