पहिरोले बेनी जोमसोम सडकखण्ड अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पहिरोले बेनी जोमसोम सडकखण्ड अबरुद्ध

म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ३ दानाको ढुङ्गा खानीमा पहिरो चल्यको छ ।

खानीमा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड समेत अबरुद्ध बनेको छ । सडक भन्दा माथि रहेको उक्त ढुङ्गाखानीबाट माटो सहितको सुख्खा पहिरो खसेपछि करिब ३० मिटर सडक अबरुद्ध बनेको बनी जोमसोम सडक खण्डका सुपरभाईजर इन्द्रसिंह सेरचनले बताए ।

सडक माथि ठुलो क्षेत्रफल जमिनमा पहिरो चलेको छ । स्थानीय प्रहरी र कोरोला सडक आयोजना संग समन्वय गरी सडक खुलाउन प्रयास गरीएको छ ।

सडक माथिबाट निरन्तर ढुङ्गा झरिरहेको कारण सडक खुलाउन समस्या भएको स्थगानीय गंगा पुनले बताए । पहिरो खुलाउन जेसीभि तयारी अवस्थामा राखेका छौं ! पानि र पहिरो चल्न रोकीन साथ हामी सडक खुलाउन सुरु गर्छौ आयोजनाका सुपरभाइजर सेरचनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);