सुदूरपश्चिममा वैशाख महिनामा मात्रै २ सय ५९ संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुदूरपश्चिममा वैशाख महिनामा मात्रै २ सय ५९ संक्रमितको मृत्यु

कैलाली । दोस्रो लहरको कोरोना भाइरसको संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गत वैशाख महिनामा मात्रै २ सय ५९ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा. गुणराज विष्टका अनुसार वैशाख १८ देखि ३१ गते सम्ममा २ सय ५९ जना संक्रमितको मृत्यु भएको हो ।

स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको स्वाथ्यकर्मीको भनाइ छ ।

कोरोना भाइरस महामारी सुरु भएदेखि हालसम्म यस प्रदेशमा ३ सय १७ को मृत्यु भइसकेको छ । निर्देशनालयका अनुसार वैशाखको अन्तिम साता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् ।

पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट १ सय ९ को मृत्यु भएको छ ।

यहाँका अस्पतालमा अक्सिजन नपाउँदा तथा कोरोना संक्रमित भएका बिरामी समयमै राम्रो अस्पतालसम्म पुग्न नसकेकै कारण ज्यान गुमाउन बाध्य भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);