निर्वाचनमा खटिएका एक असईसहित ६ जना प्रहरी निलम्बन | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

ताप्लेजुङ, १२ मंसिर। मतदान केन्द्रको सुरक्षामा हेलचेक्र्याई गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक कनिष्ठ प्रहरी अधिकृत असइ सहित ६ जनालाइ निलम्बनमा परेका छन्।

निलम्वनमा पर्नेमा १, असइ १ हवल्दार र ४ जना जवान रहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ। निर्वाचनको अघिल्लो दिन मंसिर ९ गते ताप्लेजुङको भानु मावि मतदान केन्द्रमा विस्फोट भएको थियो।

विष्फोटक पदार्थ अघिल्लो दिन नै राखिएको तर त्यहाँको मतदान स्थल सुरक्षार्थ खटिएको टोलीलाई त्यो विषयमा केही जानकारी नभएको भन्दै प्रहरीले यसलाई सुरक्षा संवेदनशिलता माथिको हेलचेक्र्याईको रुापमा लिएको छ।

विष्फोटका कारण कुनै पनि मानवीय क्षति हुन पाएको थिएन।