प्रमुख निर्वाचन आयुक्त यादवकी बुहारी माओवादीको समानुपातिक उम्मेदवार, मधेसी नेताहरु रुष्ट | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

काठमाडौं, १२ मंसिर । प्रमुख निर्वाचन आयुक्ति अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव समानुपातिक सूचीमा रहेको तथ्य बाहिरिएको छ। नेकपा (माओवादी केन्द्र) ले प्रमुख आयुक्त यादवका छोरा अशोककुमारकी पत्नी प्रमिलालाई समानुपातिकमा उम्मेदवार बनाएको हो।

मतदाता परिचयपत्र नं. १५५२५९९ रहेकी प्रमिलालाई माओवादीले मधेसी महिलाको आरक्षणमा राखेको हो। प्रमुख आयुक्त यादवको दवावमा उनकी बुहारीलाई अध्यक्ष प्रचण्डले कसैलाई जानकारी नदिएरै मधेसी तर्फको समानुपातिक सूचीमा राखेको भन्दै माओवादी केन्द्रका मधेसी नेताहरुले असन्तुष्टी जाहेर गरेका छन्।