५२ जना कैदी बन्दीले गरे रुपन्देहीबाट मतदान, अधिकांश प्रहरी बञ्चित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

५२ जना कैदी बन्दीले गरे रुपन्देहीबाट मतदान, अधिकांश प्रहरी बञ्चित

भैरहवा। रुपन्देहीको भैरहवामा रहेको जिल्ला कारागारका ५२ जना थुनुवा र कैदीहरुले मतदान गरेका छन ।  भैरहवास्थित जिल्ला कारागार परिसरमै बनाइएको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।कारागारमा ४५५ जना कैदी बन्दी रहेकोमा ५७ जना थुनुवा र ९ जना कारागारका कर्मचारीहरुको मतधिकार मात्रै रहेकोले अस्थायी मतदान केन्द्रमार्फत् मतदान गरेका हुन् । मतदानका लागि सोही केन्द्रमा खटिएका तीनजना कर्मचारीले पनि मतदान गर्न पाउँछन् । अघिल्ला निर्वाचनमा मतदान गर्नबाट बञ्चित कैदीबन्दीले यसपटक भने मतदान गरिरहेका छन् ।केही कैदी सरुवा भएको र केही सफाइ पाई गइसकेको हुनाले मतदानमा सहभागी नभएका हुन् । केहीको नामावली भएपनि कागजी प्रक्रियाले मताधिकार गरेका छैनन, कागजपत्रसहित आएमा साँझ ५ बजे सम्म मतदान गर्न पाउने मतदान अधिकृत गंगाप्रसाद अधिकारीले जानकारी दिए । अस्थायी मतदाताहरूले संघीय समानुपतिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।  रुपन्देहीमा ५ ओटा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार रुपन्देही, शसस्त्र प्रहरी बल सिमा सुरक्षा २७ नं. गण, रामनगर ब्यारेक बुटवल, सैनामैना व्यारेक र सालझण्डी ब्यारेकमा आफ्नो निर्वाचन क्षेत्र पुग्न नसक्ने कर्मचारी, सुरक्षाकर्मी, वद्धाश्रममा रहेका व्यक्ति र कैदी बन्दीका लागि मतदानको व्यवस्था गरिएको छ।

रुपन्देहीका ५ हजार ३७७ अस्थायी मतदाता छन् । अस्थायी मतदाता सूचीमा रहेका मतदाताले मात्रै संघीय समानुपतिक तर्फ मतदान गर्छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार रुपन्देहीका अधिकांस प्रहरीहरू मतदानबाट बञ्चित भएको जनाकारी दिए । १ हजार ७३५ प्रहरी रुपन्देहीमा परिचालन भए पनि ३३ जनाको मात्रै नामावली मतदाता सूचीमा रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);