केपी ओली शुक्रबार तराई जाने : एमालेले प्रदेश नं २ का ८ वटै जिल्लामा चुनावी सभा गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

केपी ओली शुक्रबार तराई जाने : एमालेले प्रदेश नं २ का ८ वटै जिल्लामा चुनावी सभा गर्ने

काठमाडौं, २९ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार चुनावी प्रचार-प्रसारकालागि तराई जाने भएका छन् । असोज २ गते हुने स्थानीय तह निर्वाचनको प्रचार–प्रसारका लागि ओली तराई जाने भएका हुन् ।

ओलीले शुक्रबार जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायतका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।

यतिबेला एमालेको सिंगो नेतृत्व प्रदेश नं २ का ८ वटा जिल्लामा केन्द्रित भएको छ । एमालेले भोली सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा चुनावी सभा गर्ने भएको छ ।

एमाले नेता झलनाथ खनालले भाेली बाराका विभिन्न स्थानीय तहका कार्यक्रमहरुमा सहभागी भई चुनावी सम्बोधन गर्ने कार्यक्रम छ । माधवकुमार नेपालले भाेली सिरहाको गोलबजार नगरपालिका लगायतमा सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी सभालाई सम्बोधन गर्न कुन नेता कहाँ खटिने ?

धनुषा
शत्रुघन महतो
रघुवीर महासेठ
श्रीप्रसाद शाह
यदुवंश झा
रत्नेश्वरलाल गोईत
जुलीकुमारी महतो
सुधिर साह

महोत्तरी

ईश्वर पोखरेल
रामदयाल मण्डल
सरोज यादव

 

रौतहट

माधवकुमार नेपाल

डा. वंशीधर मिश्र
कल्याणी खड्का
लालबाबु यादव
सरला यादव
मेटमणि चौधरी
बारा
वामदेव गौतम
वलवीरप्रसाद चौधरी
दिनेश राई

पर्सा

नागेन्द्र चौधरी
रामचन्द्र साह

सप्तरी

भीम आचार्य
सत्यनारायण मण्डल
रामप्रित पासवान
शान्ता चौधरी
सुमन प्याकुरेल

सिरहा

प्रदीप ज्ञवाली
लीलानाथ श्रेष्ठ

सर्लाही

योगेश भट्टराई

लालबाबु पडित
लक्ष्मण पौडेल
रविन्द्र बैठा
कमलादेवी महतो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);