कांग्रेसको अभियान : आजदेखि तराईमा देउवा, पौडेल र कोइरालाको संयुक्त चुनावी प्रचार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, २७ भदौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले आज भदौ २७ गतेदेखि स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नं २ का आठ वटै जिल्लाका चुनावी सभाहरुलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन्।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा आज २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भाद्र ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल भने निर्वाचन परिचालनका लागि हिजो सोमबार नै बीपी राजमार्ग हुदै लहान पुगीसकेका छन्।

कार्यक्रम अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालाले आज दिउसो १ बजे सप्तरीको राजविराजमा हुने आमसभालाई संबोधन गर्नेछन्। सप्तरीको संबोधन एवम् पार्टी कार्यकर्तासंगको भेटघाट पछि उनीहरु सिरहा प्रस्थानगर्ने कार्यक्रम छ।

सिराहा जिल्ला कार्यसमितिले आज सिरहाको जिरोमाइलमा विशाल चुनावी सभा आयोजना गर्दैछ। पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सो आमसभालाई पनि संयुक्त रुपमा संबोधन गर्ने कार्यक्रम छ। अपरान्ह ४ बजे सो आमसभालाई सम्बोधन गरेर पार्टी कार्यकर्ताहरु संग भेटघाटपछि पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा सहित काग्रेसका शीर्ष नेताहरु जनकपुर प्रस्थान गर्नेछन्। आज राती पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा सहित शीर्ष नेताहरुको मुकाम जनकपुरमा नै रहनेछ।

शीर्ष नेताहरुले बुधबार बिहान धनुषा र महोत्तरीका पार्टी नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्नेछन्। कांग्रेसका सभापति, वरिष्ठ नेता र महामन्त्री सहित केन्द्रीय नेताहरुले भोली २८ गते बुधबार महोत्तरीको सदरमुकाम जलेश्वरमा हुने चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम छ। महोत्तरी कांग्रेसले जलेश्वरमा बिहान ९ बजे चुनावी सभाको आयोजना गरेको छ।

उनले दिउसो १ बजे जनकपुरधाममा आयोजनाहुने चुनावी सभालाई सम्बोधन गर्नेछन्। जनकपुरको संबोधन पछि कांग्रेसको शीर्ष नेताहरुको टोली महोत्तरीको बर्दिवास प्रस्थान गर्ने छ । बर्दिवासमा अपरान्ह ४ बजे चुनावी सभा राखिएको छ । शीर्ष नेताहरुले बर्दिबासको चुनावी सभालाई संबोधन गर्नेछन्। भदौ २९ गते बिहिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सर्लाही र रौतहटका चुनावीकार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उहाँहरुले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्नुहुनेछ र अपरान्ह ४ बजे रौतहटको गौरमा हुने आमसभालाई संबोधन गर्नेछन्। रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि नेपाली कांग्रेसको शीर्ष नेतृत्व वीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम छ।

भदौ ३० गते बिहान पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले बारा र पर्साका कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ। उनीहरुले दिउसो १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई संबोधन गर्नेछन्। कलैयाको संबोधन पछि नेपाली कांग्रेसका शीर्ष नेताहरुले सोही दिन पर्साको बीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्नेछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);